पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कमलमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।कमल गाउँपालिका वडा नं. ५ रवि पेट्रोलपम्प नजिकै पश्चिमबाट पूर्वतर्फ गईरहेको प्रदेश नं. १-०१-ख ३४३५ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शनिवार भएको दुर्घटनामा मोरङको केराबारी गाउँपालिका वडा नं. ७ बस्ने अन्दाजी ५५ बर्षका पदम मुकारुम राईको घटनास्थलमै मृत्यु भएको बताइएको छ। सडक दुघर्टना पछि आक्रोशित भीडले बसमा आगजनी र क्षति समेत पुर्याएका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस