मध्यपूर्वमा देखिएको अशान्तिको असर इन्धनको मूल्यमा परेको छ ।मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लण्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको छ ।स्थानीय समय अनुसार फ्रान्सको पेरिसमा साँझ ५.२५ बजेतिर ब्रेन्ट नर्थ सी तेलको मूल्य २ दशमलव ६ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव १० डलर पुगेको थियो ।
यसको अमेरिकी समकक्षी नोभेम्बर डेलिभरीका लागि वेस्ट टेक्सस इन्टरमिडिएट २ दशमलव ८५ प्रतिशतले बढेर ७६ दशमलव ५१ डलर पुगेको थियो ।इजरायलमाथि अक्टोबर ७ मा हमासले गरेको आक्रमण गरेको एक वर्ष पूरा भएसँगै विश्वभर शान्ति र त्रासको बातावरण झन बढेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस