धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा इन्चार्ज तोकेको छ ।
सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको हो ।
जसमा कञ्चनपुरमा टेकेन्द्रप्रसाद भट्ट, कैलालीमा नेपबहादुर चौधरी, डडेल्धुरामा कुन्ती जोशी, डोटीमा त्रिलोचन भट्ट, बैतडीमा नरेन्द्र कुँवर, दार्चुलामा लक्ष्मणदत्त जोशी, बझाङमा मीनबहादुर कुँवर, बाजुरामा कर्णबहादुर विश्वकर्मा र अछाममा शरद्सिंह भण्डारीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस