काठमाडौँ । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा खराब शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना फ्रेन्च क्लब मोनाकोसँग २-१ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगको नयाँ सिजनको खराब शुरुवात गरेको हो ।
यस खेलमा खेलको १०औं मिनेटमा नै एरिक ग्रसियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
मोनाकोको जितमा मागहनेस अकिलोउच र जर्ज इलेनीखेनाले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल लामिन यमलले गरेका थिए ।
बार्सिलोनाले अब अर्को खेल अक्टोबर २ मा योंग ब्वायजसँग खेल्ने तालिका रहेको छ भने मोनाकोले अर्को खेल डाइनामो जाग्रेबसँग अक्टोबर ३ मा खेल्ने छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस