टिकापुर । युवा कवि मोतीराम भट्टको १५९औं जयन्ती टीकापुर सामुदायिक पुस्तकालयले विविध कार्यक्रमका साथ मनाएको छ।
पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा टीकापुर नगरक्षेत्रका विभिन्न विद्यालय तथा क्याम्पसका २९ जना विद्यार्थीले रचना वाचन गरेका थिए। उनीहरूले साहित्यमा मोतीराम भट्टले पुर्याएको योगदानको चर्चासहितका साहित्यिक प्रस्तुति प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सामुदायिक पुस्तकालय संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं अत्तरियास्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, विशिष्ट अतिथि टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी, टीकापुर बहुमुखी क्याम्पसका प्राध्यापक डा. धनकृष्ण उपाध्याय, विरेन्द्र विद्या मन्दिर क्याम्पसका प्राध्यापक डा. चक्रप्रसाद अधिकारी र विरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक डा. योगेन्द्र बजगाईंले पनि भट्टले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गरेका थिए।
सोही समारोहमा स्थानीय समाजसेवी पुष्पहरि न्यौपानेले विविध विधाका ५५ थान पुस्तक टीकापुर सामुदायिक पुस्तकालयलाई प्रदान गरेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस