काठमाडौं । सहकारीको बचत ठगिको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ ।
समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो ।
समितिको म्याद १५ दिनका लागि थप्न लागिएको छ । यस अघि तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदै छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस