काठमाडौँ । इजरायलले गाजा पट्टीमा हमासले बन्धक बनाएका ६ जनाको शव आफ्नो सुरक्षा बलले फेला पारेको जनाएको छ । एक विज्ञप्तिमा, इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार रफाह क्षेत्रमा भूमिगत सुरुङमा यी शवहरू भेटिएको बताएको छ ।
आईडीएफका अनुसार मारिएका बन्धकहरूको नाम कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग-पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सर्जेन्ट ओरी डानिनो रहेको छ ।
मारिएका बन्धकहरूमध्ये अमेरिकी नागरिकको मृत्युप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू निराश र आक्रोशित भएको बताएका छन् । ती सबैलाई हमासले अक्टोबर ७, २०२३ मा बन्धक बनाएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस