काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।
हालसम्मको मतगणनाअनुसार राईले १५७ मत पाएकी छन् भने झाँक्रीले ८२ मत प्राप्त गरेकी छन् । गणना हुन बाँकी मतभन्दा राईको अग्रता बढी भएपछि उनी विजयी हुने निश्चित भएको हो । राई यस अघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै थिइन् ।
मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस