काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज पदाधिकारीको चयन निर्वाचनबाट गर्ने भएको छ ।
आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि आज निर्वाचन गर्न लागिएको हो ।
गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरेको थियो । बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेसँग निर्वाचनको प्रक्रिया रोजिएको हो ।
आज विहान ७ बजे मनोनयनपत्र वितरण हुने, ७: ३० देखि ८: ३० सम्म मनोनयन दर्ता गरेपछि अन्य प्रक्रिया पूरा गरेर दिउँसो १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताइएको छ । त्यस्तै २ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने आज बेलुका ६ बजेबाट नै मतगनणा सुरु गरिने कार्यतालिका सार्बजनिक गरिएको छ ।
एकीकृत समाजवादीले महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ भने ३४४ सदस्यीय केन्द्रिय कमिटी चयन गरिसकेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस