काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले भलिवल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिईएको हो ।
२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यस अघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
यस्तै भलिवलको मुख्य प्रशिक्षकमा जगदीस भट्ट नियुक्त भएका छन् । २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्ट १८ बर्ष देखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भए पछि भट्टलाई जिम्मेवारी दिईएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुबै जनालाई मुख्य प्रशिक्षमा नियुक्ति दिएका हुन् । नियुक्ति पत्र बुझाउदै घिसिङले सम्वन्धित खेललाई थप गति दिने विश्वास व्यक्त गरे ।
@newskarkhana.com
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस