चितवन, साउन २९–
सुधार केन्द्रबाट भागेर आज दिउँसो नारायणी पुलबाट नदीमा हामफालेका युवकको सकुशल उद्दार गरिएको छ ।
दिउँसो ४ः१५ बजेको समयमा भरतपुर–३ पुलचोकस्थित नारायणी पुलबाट हामफालेका तनहुँ भानु नगरपालिका–६ घर भई हाल भरतपुर–५ स्थित रहेको आसरा सुधार केन्द्रमा रहेका वर्ष २१ का काशीराम गैरेलाई सकुशल उद्दार गरिएको हो ।
उनलाई ४ः४० बजेको समयमा पुल भन्दा ५ किलोमिटर दक्षिण भरतपुर–४ रामघाटमा स्थानीयबासीले उद्दार गरेको चितवन प्रहरीले जनाएको छ । उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
गैरे हिजो सुधार केन्द्रबाट भागेका थिए । अहिले सुधार केन्द्रका प्रतिनिधि र आफन्तहरु सम्पर्कमा आएको प्रहरीले बताएको छ । गैरेलाई २ महिना अगाडि तनहुँबाट सुधार केन्द्रमा ल्याईएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस