एथेन्स, २९ साउन । ग्रीसको एथेन्स सहरमा फैलिएको भीषण जंगलमा लागेको डढेलोमा परी एक जनाको मृत्यु भएको छ ।
उत्तरी एथेन्सको भ्रिलिसिया सहरको एउटा पसलमा एक महिलाको भएको विश्वास गरिएको उक्त शव अग्नि सेवाका स्रोतले बीबीसीलाई बताएका छन्।
अग्निनियन्त्रकहरूले घर, व्यवसाय र विद्यालयहरू खतरामा परेको चेतावनी दिए पछि हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र मंगलबारसम्म पनि आगलागी जारी रहन सक्ने पुर्व सुचना जारी गरिएको छ ।
फायर सर्भिसका प्रवक्ता कर्नल भासिलियोस वाथ्राकोगियानिसले भने, ‘एथेन्सका केही भागहरू समेटिएको उत्तर पूर्वी एटिका क्षेत्रमा अझै पनि धेरै सक्रिय आगोहरू छन्, प्रायः म्याराथन र पेन्टेली शहरहरू वरपर।’
एक विज्ञप्तिमा कर्नल वाथ्राकोगियानिसले भने, ‘नयाँ आगलागीका लागि अवस्था मंगलबार मात्र होइन, अर्को हप्ताको लागि पनि खतरनाक रहेको छ।’ सुरक्षित रहन ग्रिसको सरकारले स्थानियसँग अनुरोध गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस