काठमाडौँ । मौसम पूर्वानुमान बिभागले देशका विभिन्न जिल्लामा रहेका नदीहरुमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी,अर्घाखाँची,नवलपरासी (ब. सु. पूर्व), नवलपरासी (ब. सु. पश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम अतिउच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
त्यस्तै विभागले काठमाडौँ जिल्ला स्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यसैगरी ललितपुरस्थित खोड्कु खोला झरुवारासि जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै विभागके आज मेलम्ची, बागमती, बिष्णुमती, धोबी खोला,हनुमन्ते खोला, कालिगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानो खोला लगायतका अन्य स-साना नदीमा बहाव बढ्ने, केही नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेको उल्लेख गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
@newskarkhana.com
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस