काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टियु क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्- ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ ।’
प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गरेका थिए । सरकार बनेको तीन साता बितिसक्दा प्रधानमन्त्री ओली छलफलमै रहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस