काठमाडौं ।कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।
कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि गते वैशाख १३ गते विश्वासको मत लिएका थिए । केन्द्रमा कांग्रेस- एमालेको नयाँ गठबन्धन बनेपछि कर्णालीमा माओवादीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो ।
४० सदस्यीय कर्णालीको प्रदेश सभामा कांग्रेस र एमाले स्पष्ट बहुमतमा रहेका छन् । प्रदेसमा कांग्रेसका १४ र एमालेका १० गरी २४ सांसद रहेका छन् ।
त्यस्तै माओवादी केन्द्रका १३ तथा राप्रपा एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सांसद छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस