काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
मंगलबार सुन तोलाको एक सयले घटेर एक लाख ४६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार एक सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस