भरतपुर : चितवनका अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थितीमा मंगलवार नेपाल डिजिटल मिडिया एशोसियन गठन गरिएको छ । पत्रकारहरुको भेलाले एशोसियसनको सात सदस्यिय तदर्थ समिति पनि गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा राजु सापकोटा चयन भएका छन् ।तदर्थ समितिको महासचिवमा समिक्षा पुरी, कोषाध्यक्षमा युवराज क्षेत्री र सदस्यहरुमा सन्तोष बस्ताकोटी, विपिन कँडेल, प्रतिमा कुमाल र सुरेन्द्र पौडेल (सुरज) चयन भएका छन् । तदर्थ समितिले संस्था दर्ताको लागि विधान तयार गर्ने लगायतका काम सकि छिट्टै अर्काे भेला आह्वान गर्ने तय भएको छ ।तदर्थ समितिलाई सहयोग गर्नेगरी सात सदस्यिय सल्लाहकार समिति बनाइएको छ । सल्लाहकार समिति संयोजकमा सन्तोष देउजा रहेका छन् भने सदस्यहरुमा रामकान्त पौडेल, सन्तकुमार चौधरी, मनोज पन्त, किरण पौडेल, राजेन्द्र कार्की र तुलमान गुरुङ रहेका छन् ।
तदर्थ समितिको अध्यक्षमा चयन भएका सापकोटाले संस्थालाई दर्ता गरी व्यवस्थित किसिमले अगाडि बढाइने बताए । नेपाल डिजिटल मिडिया एशोसियसन न्यु मिडियामा काम गर्ने पत्रकारहरुको संगठन भएको उनले बताए । नेपालको कानुनी प्रक्रिया पुरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यममा कार्यरत अन्य पत्रकारहरुलाई पनि यस संगठनमा गोलबद्ध गर्दै लगिने उनको भनाई थियो ।
‘हामीहरुमा केहि कमी कमजोरी हुन सक्छन्, त्यसलाई सच्याउँदै लगिनेछ । पत्रकार आचारसंहिताको पालना गरी पत्रकारिता गर्नु हाम्रो धर्म हो’, उनले भने, ‘सबैसँग समन्वय गरेर अगाडि बढ्ने छौँ ।’ भेलामा न्यु मिडियामा कार्यरत करिब ३३ जना पत्रकारको उपस्थिती थियो ।
सल्लाहकार समितिका संयोजक देउजाले न्यु मिडियामा कार्यरत पत्रकारको लागि तालिम आवश्यक रहेको बताए । अहिलेका न्यु मिडियाले नै मुलधारको पत्रकारिता गरिरहेको दाबी गर्दै उनले पदीय जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न तदर्थ समितिलाई सुझाव दिए । संस्थाको आगामी दिनमा बन्ने कार्यसमितिलाई आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे ।
न्यु मिडियाका रुपमा पछिल्लो समय अनलाइन मिडिया सञ्चालनमा छन् । अनलाइन मिडिया अन्तर्गत न्युजपोर्टल, युट्युब र फेसबुकबाट समाचार सामाग्री प्रशारण हुने गरेका छन् । न्यु मिडियाले छिटो छिटो समाचार सामाग्री प्रशारण गर्ने भएकाले न्यु मिडियाप्रति नागरिकको आकर्षण बढ्दो छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस