चितवन, देशभर डेंगी संक्रमितको संख्या एक हजार ६०० नाघेको छ । सन् २०२४ जनवरीयता १८ जुलाईसम्म एक हजार ६५७ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ ।
जसमध्ये जुलाईका १८ दिनमा ९१ देखि १८ सम्म २४३ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४) मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।
जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५७० जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १९६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, झापामा १२८, चितवनमा ९२, मकवानपुरमा ७३, ओखलढुंगामा ५३, तनहुँमा ५६, भोजपुरमा ५२ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस