टोकियो/जापान। टोकियो विदेशी मुद्रा विनिमय बजार तथा विश्वका प्रमुख विनिमय बजारहरुमा जापानी येनको भाउ सन १९८६ को डिसेम्बर महिना यताकै कमजोर बनेको छ।
पछिल्लो कारोबारमा जापानी येन प्रतिडलर १६०.६८ येनसम्मको कमजोर दरमा कारोबार भएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।
निरन्तर घटिरहेको जापानी येन घट्नुमात्रै नौलो कुरा होईन तर पछिल्लो दिन २६ र आज २७ तारिखको सुरुवाती कारोबारमा जापानी येन जापान इकनोमी बबल प्रारम्भ भएको समय यानेकी ३७ वर्षयताकै कमजोर बनेको छ। यो जापान तथा जापानी येनमा लगानी गर्ने लगानीकर्ताहरुको ठूलो चासो र बहसको विषय बनेको छ।
एकातिर,येनको यस्तो गिरावट,स्वभाविक हो या क्रित्रिम हो भन्नेबारे जापानी केन्द्रिय बैंकले गहिरो विश्लेषण गरिरहेको प्रतिक्रिया दिएको छ भने, अर्कोतिर सरकार र बैंक अफ जापानले बजार हस्तक्षेप गरी,येनको भाउ थप घट्नबाट रोक्न सक्ने आँकलनहरु बढ्दो रूपमा फैलिरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस