नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका छन् । बिहीबार कांग्रेस निकट महिला संघको भावी रणनीति र योजनाबारे राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भण्डारी जस्तै सक्षम बन्न सुझाव दिएका हुन् ।
‘महिलाहरूको समानुपातिक विकासका लागि संसारभरि आवाज उठेको छ । नेपालमा समानुपातिक, समावेशी सहभागिताको अभ्यास भइरहेको छ । विद्या भण्डारी राष्ट्रपति भइन् । भोलिका दिनमा पनि उहाँजस्तै नेतृत्व आउन सक्नेछन् । त्यस किसिमको सक्षम, योग्य हुने गरी तयारी गर्न म आग्रह गर्दछु’, देउवाले भने । उनले निर्वाचनमा अन्य पार्टीका महिला उम्मेदवारले जित्ने आफ्नो पार्टीले हार्ने भइरहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । साथै कांग्रेसमा अन्तर्घातको रोग भएकाले यसबाट मुक्त गराउन महिलाको भूमिका आवश्यक पर्ने उनले जोड दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस