चितवन । मनकामना केबलकार ५० दिनको लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भार गर्नु भएकाले ५० दिनको लागि बन्द गर्नुपरेको मनकामना केबलकारका नायव महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरन्नति र मेन केबल तार लठ्ठा समेत फेर्ने कार्य हुने भएकाले असार ३१ गतेदेखि असोज १० गतेसम्म मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना केबलकारले आज शुक्रबार एक सूचना जारी गर्दै एक महिना अगाडी नै सुचना निकालेर यात्रुलाई अबगत गराएको हो ।
२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ । मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनार्थीलाई मध्येनजर गर्दै १ महिना अगाडी सूचना जारी गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ । साथै दर्शनर्थीलाई परेको असुबिधा प्रति क्षमायोचना समेत गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस