भरतपुर/लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ (आर) नेपाल, कष्टर नं. ४को आयोजनामा भरतपुर महानगरपालिका वडा नं. ९ स्थित चितवन मानव सेवा आश्रममा आश्रितहरुलाई २४ वटा लायन्स क्लवको सहभागितामा संयुक्त रुपमा भोजन सेवा कार्यक्रम सम्पन्न भयो । लायन्स क्लव क्लष्टर नं. ४ की क्लष्टर चिफ लायन विनिता नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लवका आईपिडिजि लायन सिद्धार्थलाल चुके प्रमुख अतिथि, वर्ष २०२४–२०२५ का इ डिष्ट्रिक गभर्नर दिनानाथ न्यौपाने, इ सेकेनड भिडिजि लायन प्रभाकर पण्डित, २०२४–२०२५ का District सचिव निरज श्रेष्ठ, २०२४–२०२५ का District कोषाध्यक्ष लायन शकर नेपाल विशिष्ट अतिथि रहनुभएको थियो । त्यस्तै भोजन सेवा कार्यक्रममा लायन ओमन अनरी सेल मेम्बर लायन रचना चुके, २०२3/24 एजुकेटिभ चिप लायन राजेन्द्र गौतम, लायन सुरेश श्रेष्ठ, लायन दिपेन्द्र खतिवडा, लायन डा.शारदा कुँबर, एजुकेटिभ को चिप वालगोपाल चुके, चितवन मानव सेवा आश्रमका उपाध्यक्ष विनोद ढकाल लगायत जोन रिजन चियरपर्सनहरु, अध्यक्ष ज्यु हरु सबै लायन्सहरुको उपस्थिति रहेको थियो । लायन्स क्लव अफ नारायणगढ नारायणीकी अध्यक्ष लायन अन्जु पिया संयोजक रहनुभएको भोजन सेवा कार्यक्रम लायन्स क्लव अफ नारायणी क्रियटिभकी लायन सरिता श्रेष्ठ सह–संयोजक रहनुभएको थियो । कार्यक्रमलाई कार्यक्रमलाई रिजन लायन राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस