चितवन । हात्ती प्रजनन केन्द्र खोरसोरमा हात्तीले छावा जन्माएको छ । प्रजनन केन्द्रमा रहेको कर्णाली कलीले शनिवार राति छावालाई जन्म दिएको हो । केन्द्रमा अहिले जन्मिएको छावाको बाबु जङ्गली हात्ती रोनाल्डो हो ।
केन्द्रका प्रमुख मनिपुरन चौधरीले कर्णाली कलीले स्वास्थ्य बच्चालाई जन्म दिएको जानकारी दिनुभयो । केन्द्रमा हात्तीको बच्चा जन्मनुलाई उत्सवका रूपमा लिइन्छ । केन्द्रमा अहिलेसम्म ६३ वटा बच्चा जन्मिसकेको छ । यो वर्ष पनि केन्द्रमा थप नौ वटा ढोई गर्भवती छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस