काठमाडौं, जेठ ११-
आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ साताको अन्तिम दिन पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको छ । मंगलबारपनि सुन प्रतितोला एक हजार दुई सय, बुधबार प्रतितोला एक सय र बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँ सुनको मूल्य घटेको थियो । योसँगै चार दिनमा सुनको मूल्य प्रतितोला चार हजार नौ सय रूपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस