काठमाडौँ : आज बिहीबार स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा तोलामा १ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेको हो ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० थियो । आज घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजावी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ५० रुपैयाँ कायम भएको छ । यसैगरी आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । हिजो तोलामा १९ सय कायम रहेको चाँदी आज १८ सय ६५ रुपैयाँ कायम छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस