चितवन, जेठ ९-
भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क पछाडि नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
मृतकको साथबाट रोल्पा बुढागाउँ–४ बस्ने वर्ष ५१ को ठगेन्द्र डाँगी लेखिएको नागरिकता फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ ।
उनको शव मंगलवार बिहान ९ः५० बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले बताए । नदीले बगाउँदै ल्याएर ड्याम साइडमा घोप्टो परेको अवस्थामा शव फेला परेको उनले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस