चितवन, जेठ ९-
भरतपुर महानगरपालिका–११ मा बाथरुममा लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतेको फलेवास घरभई छोरी विमला लम्सालको घरमा बस्दै आएका ८६ वर्षीय शसीधर पाध्य रहेका छन् ।
मंगलवार बिहान करिब साढे ७ बजे बाथरुममा नुहाउने क्रममा लडेर घाइते भएका पाध्यको उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो । सोहि दिन बिहान ८ बजे चिकित्सकले पाध्यलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस