नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।सोमबार प्रतितोला नौ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।सोमबार प्रतितोला १९ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस