जनकपुरधाम : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेसँग तत्काल पार्टी एकताको अवस्था नरहेको बताएका छन्।समाजवादी प्रेस संगठनले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।उनले आफ्नो नेतृत्वको दलमा ‘केही अप्ठ्यारा’ रहेपनि कसैसँग एकता गरेर जाने अवस्था भने नरहेको बताए ।
अध्यक्ष नेपालले भने,‘मान–नमान, मै तेरा मेहमानजस्तो हाम्रो पार्टी होइन् । अरुले मान दिएर हाम्रो पार्टी चल्छ भने होइन । यसको आफ्नै गौरव छ । पार्टीहरुमा समस्या छ । धेरै बढी अप्ठ्यारो मेरै पार्टीमा छ । हाम्रो आफ्नै पाराको पार्टी छ ।’
उनले कुनै पार्टी फुटोस भने चाहना आफूहरुको नरहेको पनि बताए । संघीय संसदमा भइरहेको गतिविधि दु:खद रहेको पनि बताए ।संसदमा भइरहेको घटनाक्रमलाई वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने उनको धारणा थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस