नेपाली कांग्रेसले सोमबारका लागि संसदीय दलको बैठक बोलाएको छ । संसदमा जारी गतिरोधका बिच संसदमा प्रस्तुत हुने सन्दर्भमा पार्टीको थप रणनीति बनाउन संसदीय दलको बैठक बोलाइएको महामन्त्री गगन कुमार थापाले जानकारी दिए ।
शनिबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले बैठकमा संसद्को जारी गतिरोध र अरू विभिन्न विषयहरूको बारेमा छलफल भएको जानकारी दिए ।
उनले शुक्रबार संसदमा सभामुखको प्रस्तुति गलत देखिएको बैठकले निष्कर्ष निकालेको भन्दै सरकारले समस्याको समाधान गर्न पहलकदमी पनि नलिएको बताए ।
पार्टीले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन चाहेपनि पेल्ने शैलीमा सभामुख प्रस्तुत भएको थापाको आरोप थियो ।
‘हाम्रो समग्र माग त कायमै छ । तर, संसदीय दलको बैठकबाट संसदभित्र आफूलाई कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गरेर अघि बढ्छौँ ’, उनले भने । लामिछानेको विषयमा सरकार र प्रतिपक्षीसहितको संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेस चुप नबस्ने उनको भनाइ थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस