चितवन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित बकुल्लर चोकमा दुईजना युवालाई अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । बकुल्लहर चोकमा रहेको लालटिन क्याफेमा खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन्।
घाइते हुनेमा नवलपुर गैँडाकोट घर भएका २५ वर्षीय सौगात सापकोटा र ३१ वर्षीय सुजन जिसी छन् । सौगातको टाउकोमा र सुजनको दुवै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय टाँडीले बताएको छ । आक्रमणमा संलग्न आरोपीहरू भागेका छन्।
घाइतेहरूलाई उपचारका लागि एलाइभ अस्पताल भरतपुर रिफर गरिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीले अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट प्रहरीले ब्रेजा कार बरामद गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस