काठमाडौं। नेपालले चालु आर्थिक वर्षको ४ महीनामा ४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार उक्त मूल्यको ५३ हजार १०३ किलोग्राम अचार निर्यात गरेको हो।
गत वर्षको सोही अवधिमा नेपालले ३ करोड ९ लाख ५३ हजार रुपैयाँको ५५ हजार १४४ किलोग्राम अचार निर्यात गरेको थियो।
गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सो अवधिमा अचार निर्यात परिमाणमा ३ प्रतिशत घटेको छ भने मूल्यमा ३० प्रतिशतले बढेको छ।
नेपालले अस्ट्रेलिया, बेल्जियम, क्यानडा, चीन, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम (संयुक्त अधिराज्य), संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा आचार निर्यात गर्दै आएको छ।
नेपालबाट सबैभन्दा धेरै अचार निर्यात हुने देशमा अस्ट्रेलिया छ। नेपाली अचारको ६० प्रतिशत हिस्सा अस्ट्रेलिया छ।
पछिल्लो ४ महीनामा नेपालले अमेरिकामा २ करोड ५२ लाख ६५ हजार रुपैयाँको ३३ हजार १७३ किलोग्राम अचार निर्यात गरेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस