चितवनमा चालु आर्थिक वर्षमा भएका ११४ सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ ।
चालु आर्थिक वर्ष २०८०\२०८१ को साउदेखि मंसिर२३ गतेसम्म सो दुर्घटना भएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस आर्थिक वर्षमा ११४ दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा २८ पुरुष, ५ महिला छन् । ५६ गम्भीर घाइते, १८३ सामान्य घाइते भएका छन् । सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमोटरसाइकल रहेको छ । जसमा मोटरसाइल ८७, ट्रक र ट्याङ्कर ३, माइक्रो ३, टेम्पो अटो रिक्सा ११, बस १६, ट्रिपर १, टिपकार १०, जिपकार ७ र अन्य १ सवारीसाधन दुर्घटना भएको कार्यालयले जनाएको छ ।
यस्तै यस चालु आर्थिक वर्ष २०८०\८१ को मंसिर २३ गतेसम्ममा १६ हजार ६६४ सवारीसाधनलाई कारबाही गरी एक करोड १७लाख सात हजार ५०० राजस्व संकलन गरिएको छ ।
बढ्दो सवारी चाप र तीव्र गतिका कारण चितवनमा सवारी दुर्घटना बढ्दै गएको कार्यालयले जनाएको छ । राजमार्ग मर्मत् निर्माण, साँघुरो सडक र अत्यधिक सवारी चापकाकारणले चितवनमा हरेक वर्ष सवारी दुर्घटना बढ्दै गएको जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष (२०७७\७८)मा जिल्लामा ४३५ वटा सवारीसाधन दुर्घटना हुँदा १२८ जनाकोे मृत्यु थियो । जसमा पुरुष १०१ जना, महिला २२ जना, बालक दुई जना, बालिका तीन जना रहेको ट्राफिक प्रहरीको तथ्यांक छ ।
आर्थिक वर्ष (२०७८\७९)मा ८१० दुर्घटनामा १४० को मृत्य भएको थियो । जसमा मृत्यु हुनेमा १०६ पुरुष, २२ महिला, १२ बालबालिका रहेका छन् । २६५ गम्भीर घाइते र ७०६ सामान्य घाइते भएका छन् । जसमा ७३९ मापसे सेवन गरेर सवारी चलाउने, ७८ तीव्र गतिमा, सातहजार ३२९ कागजपत्र साथ सामानबोकेका, चार हजार ३२९ लाइसेन्स नभएका र एक हजार ४०० सिट क्षमताभन्दा बढी यात्रु राखेर चलाउने सवारी रहेको उनले बताए । यसमा ४१० मोटरसाइकल, ११२ कार, ९७ बस, ११२ ट्रक, ट्याङ्कर र टिपर, १७ माइक्रो र २० ट्याम्पुलगायत सवारीसाधनबाट दुर्घटना भएको प्रहरी साहायक हवल्दार चौधरीले बताए ।
यस्तै आर्थिक वर्ष (२०७९\८०) ३०३ दुर्घटनामा ७८ को मृत्य भएको हो । मृत्यु हुनेहरुमा ६६ पुरुष, सात महिला, दुई बालक र तीन बालिका रहेका छन् । १७०गम्भीर घाइते र ४११सामान्य घाइते भएको कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ ।
यस आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकलबाट दुर्घटना भएको छ । मोटरसाइकल २२४, ट्रक र ट्याङ्कर ६१, जिप र कार ६६, माइक्रो ११, टेम्पो अटो रिक्सा१६, बस ३१, ट्रिपर ७, साइकल२३ दुर्घटना भएको कार्यालयले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रमभने नरोकिएको उनले बताए । उनले भने, ‘तीव्र गतिमा सवारी चलाउने युवा पुस्ता बढी भएकाले तीव्र गतिमा दौड्ने मोटरसाइकल बढी दुर्घटना हुने गरेको छ ।’
कार्यालयले आव (२०७७\०७८) मातीन करोड ३० लाख ३७ हजार राजस्व संकलन गरेको थियो । आव (२०७८\७९) मा ३३ हजार ७२८ सवारीसाधनलाई कारबाही गरी तीन करोड एक लाख ५४ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०७९\८० मा सवारीसाधनलाई कारबाही गरी तीन करोड ४५ लाख ३८ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको छ ।
दुर्घटना न्यूनीकरणका लागि कार्यालयले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गर्दै आइरहेको साहायक हवल्दार चौधरी बताए । उनका अनुसार कार्यालयले जनचेतनामूलक कार्यक्रम र प्रशिक्षणका कार्यक्रम सञ्चालनगर्दै आइएको छ । चितवनहुँदै मुख्य राजमार्गहरू पूर्वपश्चिम महेन्द्र राजमार्ग, पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन सडक गएका छन् । धेरै जसो दुर्घटनामा महेन्द्र राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा हुँदै आएका छन् । चितवनमा राजमार्ग क्षेत्र ९३.३९ किलोमिटर छ । यसबाहेक अन्य सडक दुई हजार १८३ किलोमिटर छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस