काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाउने ३० ओटा दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले तोकिएको समयमा रकम तथा अडिटेड वित्तीय विवरण नबुझाउने कम्पनीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।
बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक-पटक सम्पर्क गर्न पत्राचार तथा ईमेल गर्दासमेत सम्पर्क हुन नसकेको भन्दै प्राधिकरणले एक साताभित्र सम्पर्कमा आउन, अन्यथा दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमति खारेजी गर्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस