काठमाडौं । एनसेलको शेयर कारोबारकाे इन्टरप्राइज भ्यालु ४० कराेड अमेरिकी डलर (आजको विनिमय दरअनुसार ५३ अर्ब २१ कराेड २० लाख रुपैयाँ) रहेको कम्पनीले जनाएको छ । बिहीवार एक विज्ञप्ति जारी गर्दै एनसेलले शेयर कारोबारको इन्टरप्राइज भ्यालु ४० करोड डलर रहेको जानकारी दिएकाे हो ।
“यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ,” एनसेलले विज्ञप्तिमा भनेको छ ।
सहमति भएको सम्झौता ढाँचाअनुसार आजियाटाले बेस पेमेन्टबाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म नाफा बाँडफाँडको रूपमा थप लाभ प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसबाहेक यो सम्झौताले एनसेललाई नेपाली मूलको बृहतर स्वामित्वसहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने कम्पनीको भनाइ छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, “एनसेलले आजको दिनसम्मको सबै कर दायित्व सम्पूर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानून अनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानूनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालालाई एनसेल एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौं ।”
आवश्यक सहमतिहरूका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेकाे पनि एनसेलले जनाएकाे छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस