काठमाडौं : काठमाडौंबाट जनकपुर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ।जनकपुर विमानस्थलमा अवतरणको तयारी गरिँदा खराब मौसमका कारण काठमाडौं फिर्ता भएको हो । उक्त जहाजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि थिए।मंगलबार बिहान ८:३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न सकेको थिएन। जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९:४८ बजे उक्त जहाज अवतरण भएको विमानस्थल स्रोतले बतायो ।प्रधानमन्त्री प्रचण्ड भने काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबासतर्फ गइसकेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस