अबुधाबी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्वसोभियत सङ्घ बाहिरको दुर्लभ भ्रमणका लागि बुधवार संयुक्त अरब इमिरेट्स (यूएई) आइपुगेका छन् ।
युक्रेन युद्धलाई लिएर पश्चिमा देशहरूबाट अलग्गिएका पुटिनले मध्यपूर्वका मित्रराष्ट्रहरूसँगको सहकार्यलाई बृद्धि गरेका छन् ।
अरब मुलुकहरूको भ्रमणका क्रममा उनले तेल, व्यापार र इजरायल–हमास द्वन्द्वबारे छलफल गर्नेछन् ।
‘भ्लादिमिर पुटिन यूएईको औपचारिक भ्रमणका लागि आइपुग्नुभएको छ,’ क्रेमलिनले साउदी अरबको भ्रमण गर्नुअघि भने ।
यूएईका विदेशमन्त्री अब्दुल्लाह बिन जायद अल नाह्यान र अन्य अधिकारीहरूले रनवेमा पुटिनलाई अभिवादन गरेको रूसको सरकारी टेलिभिजनले देखाएको छ ।
अरब विश्वमा रुसको मुख्य आर्थिक साझेदार यूएईमा रहँदा उनले व्यापार र तेल इन्धन आपुर्तिसम्बन्धी बिषयमा छलफल हुने भ्रमण अघि क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।
क्रेमलिनका अनुसार सन् २०२२ मा दुई देशबीचको द्विपक्षीय व्यापार नौ अर्ब अमेरिकी डलर पुगेको छ ।
पुटिनले साउदी अरबमा राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।
युक्रेनमा आक्रमण गरेपछि इरान र चीनको भ्रमणका अलावा पूर्व सोभियत सङ्घबाहिर रूसी नेताको यो तेस्रो भ्रमण हो ।
पुटिनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा निर्वासित गरेको आरोप लगाउँदै युद्ध अपराधको अभियोगमा मार्चदेखि खोजी गरिरहेको छ ।
पुटिनले गत अगस्टमा दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिने हल्ला भएपनि अन्तिममा युक्रेन युद्धबारे राजनीतिक विवाद बल्झिने देखेपछि भ्रमण रोकिएको थियो । सेटप्टेम्बरमा भएको जी–२० शिखर सम्मेलनमा पनि उनी सहभागी भएका थिएनन् ।
(((
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस