काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स–मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मणबहादुर शाहीले बाह्रखरीलाई जानकारी दिए
“स–मिलमा भएका काठ र मेसिन पूर्णरुपमा जलेका छन्,” डीएसपी शाहीले भने, “के–कति क्षति भयो यसको विवरण टिप्ने काम भइरहेको छ ।”
देवीलाल पौडेलको उक्त स–मिलमा बिहान साढे ५ बजे विद्युत् सट भएर आगलागी भएको थियो । काठ र काठको धुलो ठूलो परिमाणमा भएकाले आगो नियन्त्रणमा लिन समय लागेको डीएसपी शाहीले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस