काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको छ । छापावाल सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहको छ ।
चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस