चितवन, मंसिर १९-
अर्थमन्त्री डा.प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी नरहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री डा। महतले एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी नरहेको बताएका हुन् ।
उनले भने, ‘यस विषयमा हामी अझै सूचना लिइरहेका छौं । समग्रमा के स्थिति छ सबै बुझिसकेपछि मात्रै यसबारेमा अथेन्टिक रुपमा भन्न सकिन्छ ।’
उनले यसको नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरण रहेको भन्दै सरकारलाई आधारिक जानकारी नआइसकेको बताए । ‘अहिले जे प्रकाशित भएको छ, आधिकारिक रुपमा सरकारलाई जानकारी गराइसक्या अवस्था पनि छैन, हाम्रो तहमा आइसक्या अवस्था पनि छैन,’ उनले भने । यद्यपि कर छलीको विषयमा आफूले सरोकारवाला निकायसँग छलफल गरेको उनले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस