चितवन, मंसिर १९-
मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले वर्तमान सत्ताको नेतृत्वबाट लोकतन्त्र खतरामा रहेको आरोप लगाउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाद्धारा मंगलबार (आज) भरतपुरमा आयोजित लोकतन्त्रको प्राणः सुशासन र सद्भाव कार्यक्रममा बोल्दै पहाडीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट नै लोकतन्त्र धरापमा परेको आरोप लगाउनुभएको हो । ‘पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट धम्काउनुभएको छ । देशको एउटा प्रधानमन्त्री एक सय ३६ सिट ल्याएपनि प्रधानमन्त्री बन्न सक्दैन । एक सय ३८ नै चाहिन्छ । ३२ सिट ल्याएर प्रधानमन्त्री बन्नुभयो र आन्दोलन गर्ने धम्की दिनुभयो,प्रचण्डप्रति रुष्ट देखिनुभएका पहाडीले भन्नुभयो । प्रचण्डले यो व्यवस्था मान्दिन भन्नेहरुसंग मोर्चाबन्दी गरेको उहाँको आरोप छ । मोर्चाकै नेताले लोकतन्त्र काम लाग्दैन भन्ने गरेको भन्दै उहाँले त्यसलाई प्रधानमन्त्री प्रचण्डले संरक्षण गरेको पहाडीको भनाई छ ।
धार्मिक औजारलाई प्रयोग गर्दै लोकतन्त्रलाई हरण गर्न खोजिएको उहाँले बताउनुभयो । अहिले लोकतन्त्र भ्रष्टचार कुशासनका कारण खतरामा रहेको पहाडीको टिप्पणी छ । भ्रष्टाचारमा दलहरु लिप्त रहेका कारण नागरिकमा आम निराशा छाएको उहाँले बताउनुभयो । यो व्यवस्थाका लागि अहिलेका दलहरु सच्चिएर जनताको पक्षमा काम नगरे बिद्रोह हुनसक्नेतर्फ उहाँले सचेत गराउनुभयो । नागरिकले आन्दोलन गरेर ल्याएको लोकतन्त्रलाई बचाउनका लागि भ्रष्टाचारका बिरुद्ध नागरिक समाज बोल्न नसक्नु कमजोरी रहेको पहाडीले स्वीकार गर्नुभयो । उहाँले संक्रमणकालिन न्याय प्रकृयालाई टुंगोमा पु¥याउन नेकपा माओवादी (केन्द्र) सहितका सत्तारुढ दलहरु इच्छुक नरहेको बताउनुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि,नागरिक समाजका प्रतिनिधि,सञ्चारकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस