काजु खानु स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै लाभदायक हुने, यस्ता छन् फाइदा ! काजु स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदाजनक मानिन्छ । यो स्वादमा मिठो हुन्छ, त्यसैले बच्चादेखि बूढासम्मले काजु खान रुचाउँछन् ।
काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यसका विभिन्न किसिमका फाइदा छन् । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिन गई फुर्ति आउँछ । काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ ।
काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ । काजुमा एकप्रकारको तेल पाइन्छ, जसमा भिटामिन ‘बी’ प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ । हरेक बिहान काजु खाने गर्नाले कोलेस्ट्रोलको मात्रा नियन्त्रित रहन्छ ।
काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ । काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् । यिनले हड्डी, दाँत आदिलाई बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् । यी हुन्, काजु खानुका फाइदाः
१. काजुमा यथेष्ट मात्रामा आइरन तत्व पाइने हुँदा यसले हाम्रो शरीरमा रगतको कमी पूरा गर्छ ।
२. यसमा भरपुर मात्रामा एन्टी ब्याक्टेरियल तत्व हुन्छ, जसले हाम्रो छालालाई सुन्दर बनाइराख्न मद्दत गर्छ ।
३. यसमा फस्फोरसको मात्रा यथेष्ट हुन्छ, जसले हाम्रो दाँतलाई मजबुत बनाउँछ ।
४. काजु हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक छ किनकि यसले हाम्रो शरीरलाई कमजोर हुन दिँदैन ।
५. त्यसबाहेक, यसमा कयौं प्रकारका भिटामिन पाइन्छ, जसले हाम्रो शरीरलाई मजबुत बनाउँछ ।
६. काजुमा सोडियमको मात्रा कम हुनुका साथै पोटासियमको मात्रा धेरै हुन्छ, जसले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।
७. काजुमा सेलेनियम तथा भिटामिन ‘ई’ भरपुर मात्रामा हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ । यसले पाचन शक्ति बढाउँछ र क्यान्सरको जोखिम कम गर्छ । यसमा जिंक तत्व पनि पाइने हुँदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउँछ ।
८. काजुमा कोलेस्ट्रोलको मात्रा न्यून हुन्छ, जसले हृदयाघातको जोखिम कम गर्छ ।
९. काजुको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ ।
१०. काजुमा भिटामिन ‘बी’ भरपुर मात्रामा पाइन्छ, त्यसैले यसलाई शक्तिबद्र्धक खाना पनि भन्ने गरिन्छ । खाली पेटमा काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ ।
११. काजुको तेलले दुबीको सेतो दाग कम गर्छ ।
१२. काजुको तेलले शरीर मालिस गर्नाले शरीरको सुक्खापन कम हुनुका साथै छाला नरम हुन्छ ।
तपाइको प्रतिक्रिया
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस