काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन् । मध्यपहाडी लोकमार्गमा भएको संकल्प यात्रामा रहेका ओलीले डडेलधुरा पुगेर काठमाडौंमा रहेका देउवालाई गुडविल कल गरेका हुन् ।
ओलीले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भिडियोमा भनेका छन्, “गन्यापधुराको छेउबाटै फोन गरेको । यतातिर राम्रै छ । तपाईंको जिल्लामा आएको बेला यसो सम्झिएको नि । अनि त्यता सबै राम्रो छ नि !”
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस