विराटनगर । इटहरीमा जङगली हात्तीले कुल्चेर एक युवकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकका रविन खडकाको मृत्यु भएको हो ।
उनलाई बुधवार राति करिब साढे ९ बजेतिर बुढासुब्बा चोक क्षेत्रमै जंगली हात्तीले आक्रमण गरेको थियो ।
हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले कुल्चेको कुल्चेको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको संख्यामा हात्ती आउने गरेको छ ।
‘साँझ साढे ५ बजेदेखि नै हात्तीको समूह आउँछ । सुरक्षाकर्मी र प्रशासनको साथ आवश्यक छ,’ उनले भने, ‘विज्ञको सल्लाहअनुसार हात्ती खेदाउन प्रशासनले सहज बनाइदिनुपर्यो । यो जाडो मौसममा त रातभरि बस्दा दाउराको जोहो गर्न पनि समस्या छ ।’
आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने उनले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस