स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सय बेडभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ, प्यारामेडिक्स, एमबीबीएस अध्यापन गराउने प्रस्ताव गरेको छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा मेडिकल शिक्षा अध्यापन गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र चिकित्सा शिक्षा आयोगमा प्रस्ताव गरेका छन् । स्वास्थ्यमन्त्रीको यो प्रस्तावको कार्यान्वयन सम्भव छ ? यसै सन्दर्भमा हामीले चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरीसँग संवाद गरेका छौँ । प्रस्तुत छ, उनीसँगको संवादको सम्पादित अंश :
स्वास्थ्य मन्त्रालयले एक सयदेखि तीन बेडका अस्पतालमा नर्स, प्यारामेडिक्स, एमबीबीएस अध्यापन गराउने प्रस्ताव राखेको छ, यो सम्भव छ ?
मन्त्रालयले सयदेखि तीन सय बेडसम्मका अस्पतालमा मेडिकल विषय पढाउने प्रस्ताव राख्नु राम्रो छ । यद्यपि मेडिकल शिक्षा पढाउने कुरा प्रशासन सञ्चालन गर्ने सुब्बा, खरिदार, अधिकृतलाई सैद्धान्तिक ज्ञान मात्रै दिनेजस्तो होइन, यसमा प्रयोगात्मक शिक्षा पनि अनिवार्य हुन्छ । मेडिकल विषय अध्यनन गर्नेका लागि अस्पताल प्रयोगशाला जस्तै हुन् । त्यसैले फरक छुट्ट्याएर अगाडि बढ्नुपर्छ ।
विगतदेखि नै अस्पतालमा नर्स, प्यारामेडिक्स, एमबीबीएस अध्यापन गराउनुपर्छ भनेर हामीले लबिङ गर्दै आएका हौँ ।
आजभन्दा तीन वर्षअगाडि चिकित्सा शिक्षा आयोगको निर्देशकको संयोजत्वमा स्वास्थ्य मन्त्रालय, सीटीईभीटी, विज्ञ, राष्ट्रिय योजना आयोगका प्रतिनिधिको टोलीको ‘टाक्स–फोर्स’ बनाएका थियौँ । त्यसको रिपोर्ट तयार पार्न सकिएन । त्यसबेला सावर्जनिक शिक्षण संस्थाहरूले अस्पतालमा पठनपाठन गराउने, सीटीईभीटीका कार्यक्रमहरू आंगिक सीटीईभीटीमा अध्यापन गराउने, विश्वविद्यालयका कार्यक्रम प्रतिष्ठानबाट पढाउने भनेका थियौँ । यस्तै, स्कुलको पढाइ सकिएपछि कलेजको पढाइ सुरु हुने भनिएको थियो । अहिले स्कुल तहको पढाइ कक्षा १२ सम्म पुग्यो । हालको स्कुल तह सकेपछि विद्यार्थीमा अलिकति परिपक्वता हुन्छ । त्यसैले विज्ञानका बारेका अध्ययन गरेपछि मेडिकल क्षेत्रका विषय अध्ययन गर्दा गुणस्तरका हिसाबले राम्रो हुन्छ भनिएको थियो ।
छिमेकी राष्ट्र भारतमा आजभन्दा १६ वर्ष अघि नै कक्षा १२ को अध्ययनपछि मात्रै पीसीएल नर्सिङ, सीएमए, अनमी लगायत मेडिकल शिक्षा अध्यापन गराउन थालियो । अब नेपाल सरकारले पनि आंगिक कलेजहरूमा पीसीएल नर्स, सीएमए, अनमी लगायत विषय अध्यापन गराउन कदम चाल्नुपर्छ भनेर छलफल गरेका थियौँ तर त्यो निचोडमा पुग्न सकिएन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस