कोशी प्रदेशसभाको बैठक सुरू भएको छ। बुधबार निर्धारित समय भन्दा ढिलो गरी सुरू भएको बैठकमा शनिबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा पेश गरेको विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० निर्णायर्थ प्रस्तुत हुने कार्यसूची रहेको छ।
प्रतिस्थापन विधेयक माथि सोमबार र मंगलबार भएको छलफल पछि सभामुख इस्रायल मन्सुरीले खर्च कटौतीको प्रस्ताव राख्न बुधबार ११ बजेसम्मको समय दिएका थिए। निर्धारित समयमा एमाले र राप्रपाका ७ जना सांसदले ८ वटा खर्च कटौतीको प्रस्ताव प्रदेशसभामा दर्ता गरेका थिए।
आजको बैठकमा सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेश गरिरहेका छन्। खर्च कटौतीको प्रस्ताव राख्दै नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रक्रिया भन्दा बाहिरबाट अबौंको योजना बजेटमा राखिएको दाबी गरे। उनले प्रकृया भन्दा बाहिरबाट बजेटमा योजनाहरू राखिएकाले खर्च कटौतीको प्रस्ताव राख्नुपरेको बताए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस