बिन्दु थापा
पाल्पा, मङ्सिर १२ गते । रिब्दिकोट ७ मैनादिमा व्यवसायिक सुन्तला खेति प्रवर्द्धनका लागि सुन्तला महोत्सव हुने भएको छ । महोत्सवमा कृषि विज्ञ र सुन्तला किसानबीच छलफल गरिने रिब्दिकोट गाउँपालिका ७ का वडा अध्यक्ष दान बहादुर कुवँरले जानकारी दिनुभयो ।
अध्यक्ष कुवँरले सुन्तला खेति विधि, तयारी र उत्पादन भएका सुन्तलाको बजारीकरणको लागि मङ्सिर १६ गते महोत्सवको आयोजना गरीएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा केहि छैन भन्नेहरुका लागि यो महोत्सवले आँखा खोल्नेछ, गरे यहि सुन फलाउन सकिन्छ भन्ने उदाहरण दिन महोत्सवको आयोजना गरीएको हो जसको लागि वडा कार्यालयबाट एक लाख पचास हजार रुपियाँ बजेट बिनियोजन गरीएको छ ।”
रिब्दिकोट गाउँपालिकाका पालुङ मैनादि लगायतका स्थानबाट सुन्तला किसानहरुको सहभागि रहने मैनादि कृषि सहकारी संस्था मैनादिका अध्यक्ष बेन बहादुर पुनले जानकारी दिनुभयो । यस्तै, कार्यक्रममा कृषि विज्ञहरुको उपस्थिति रहनेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस