त्रिवेणी–नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सोमवार सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने स्पष्ट पारे ।
सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने दाबी गर्दै भने, ‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।’
सभापति देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने भन्दै सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।
पछिल्ला पाँच दिनदेखि काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेत्तृत्वमा राजतन्त्र फर्काउने आन्दोलन भइरहेको छ । सभापति देउवाको भनाइ यसैप्रति लक्षित थियो ।
कांग्रेस महामन्त्री गगन थापाले राजतन्त्रका बारेमा वकालत गर्नु भोलिका लागि घातक हुने बताए । जिल्ला सम्मेलनमा कांग्रेसका अन्य विभिन्न नेताहरूले सम्बोधन गरेका थिए ।
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस