काठमाडौँ : ‘तेल भिसा’ शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म हो । केही अगाडि घोषण भएको फिल्मका लागि अहिले धमाधम कलाकार छनौट भइरहेको छ ।फिल्मको मुख्य भूमिकामा अभिनय रहने कलाकार भने टुङ्गो लागेको निर्माण युनिटले जानकारी दिएको छ । निर्माण युनिटका अनुसार फिल्मको मुख्य भूमिकामा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे र बुद्धि तामाङ देखिनेछन् ।
विनोद पौडेल, अदीति खरेल र रमेश चौलागाईं निर्माता रहेको फिल्मको रिलिज मिति नयाँ वर्षको भदौ २८ गते तोकिएको छ । सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्म आगामी चैतको दोस्रो साताबाट फ्लोरमा जाने बताइन्छ । डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुने नेपाली समाजको बदलिँदो स्थितिमा कथा बनाएको फिल्ममा सुशन प्रजापतीको छायांकन रहनेछ । फिल्मका रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस