चितवन, मंसिर १०-
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तराई भु–परिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन बारे चितवनमा अन्तरक्रिया कार्यक्रम गरेको छ । पाँच वटा निकुञ्जका कार्यालय, सुरक्षाकर्मी र सरोवारवालासंग आज(आइतबार) कसरा स्थित प्रकृति संरक्षण शिक्षालयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डा सिन्धु प्रसाद ढुंगानाले निकुञ्जको सुरक्षा व्यवस्था थप बलियो र प्रभावकारी बनाउन निकुञ्ज प्रशासन, सुरक्षाकर्मी र सरोकारवालाई निर्देशन दिनुभएको छ । सबै पक्षको सहयोग भएमा वन्यजन्तु तथा वन पैदावरको चोरी निकासी नियन्त्रण गर्न सहज हुने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सहायक रथी सुन्दर कुमार पाण्डे, नेपाली सेना नम्बर २८ बाहिनीका सहायक रथी सानुकाजी थापा, ७ नम्बर बाहिनीका सहायक रथी लिला बहादुर खनाल क्षेत्रीको समेत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापनमा सबै सुरक्षा निकाय, स्थानीय समुदाय र सरोकारवलाहरु बिच आपसमा समन्वय गर्नुपर्ने बताउनुभएको छ ।
साथै वन्यजन्तु अपराध नियन्त्रणमा खटिने निकुन्जका कर्मचारी र सुरक्षा निकायहरुको क्षमता बढाउनुका साथै नविनतम प्रविधिको प्रयोगमा बढी जोड दिन उहाँहरुले निर्देशन दिनुभएको भएको छ ।
कार्यक्रममा नेपाली सेना मध्ये पृतनाका महा सेनानी, प्रकृति संरक्षण शिक्षालय, कसराका शिक्षा अधिकृत, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुन्ज, बर्दीया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत र सुरक्षार्थ खटिएको नेपाली सेनाको गणपतिहरुको उपस्थिति रहेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस